असार २०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १३२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ६०३ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको छ, भने ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ६१ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५२ जना डिस्चाज भएका छन्, भने थप २७ जना संक्रमितको मृत्यु भएको छ ।