• २०८३ बैशाख ४ गते शुक्रवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २०, बाँके । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका(२ केगाँउ बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै छोरीलाई विगत ९ वर्षको उमेरदेखि नै पटकपटक जबरजस्ती करणी गर्दै आएको र गत बुधबार बिहान समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राधापुर बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस