असोज ३० कपिलवस्तु । शिवराज नगरपालिका-६ सुगा नगर बस्ने राज बहादुर यादवको छोरा ३२ दिन उमेरको आशिष यादवको हत्या गरेको अभियोगमा दाजु नाता पर्ने सोही ठाउँ बस्ने ३५ वर्षीय राम सुरत यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
आशिष यादवलाई आफ्नै फुपुले खेलाई रहेको अवस्थामा फुपुको हातबाट खोसी राम सुरतले ती नाबालकलाई जमिनमा पछार्दा गम्भीर घाइते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारको क्रममा ती बालकको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।