• २०८३ बैशाख ५ गते शनिवार

युरोकप फुटबल : इंग्ल्यान्ड सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २०, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

स्टाडियो ओलम्पिको स्टेडियममा चौंथो मिनेटमा रहिम स्ट्रर्लिङको पासमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा लुक शको फ्रिकिक पासमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए ।
खेलको ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको अग्रता तेब्बर बनाए । उनले शकै पासमा हेडमार्फत गोल गरे ।त्यसपछि खेलको ६३ औं मिनेटमा मासन माउन्टको कर्नरमा हेडमार्फत परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को जित दिलाए ।

यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस