• २०८३ बैशाख १० गते बिहिवार

नयाँ मन्त्रीहरूको सपथ अहिले बेलुकी ८ बजे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौं । नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने भएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लाग्नु भएको हो ।

अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रिको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन्। जसअनुसार बिष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दैछन्।

उहाँले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लाग्नु भएको हो । ओलीले रघुवीर महासेठलाई परराष्ट्रमन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने हुनभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस