जेष्ठ २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका चार हजार ६२४ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ८१ ह्जार ५६० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा आठ हजार ६६३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म चार लाख ७६ हजार १३० जना सङ्क्रमित निको भएका हुन् । पछिल्लो चौबीस घण्टामा छ हजार ६३१ ज्नाको एन्टीजेन परीषण गरिएकोमा दुई हजार २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । हाल ९७ हजार ६९९ मा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म ३१ लाख २१ हजार १२० नमूनाको आरटीपीसीआर परीषण गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा १०१ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा सात हजार ७३१ जनाले ज्यान गुमाएका छन् ।