• २०८३ बैशाख ४ गते शुक्रवार

अवैध लागूऔषध गाँजा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, मोरङ। बिराटनगर महानगरपालिका-१८ लावाघाटबाट करिब १३ किलो ९ सय ५० ग्राम अवैध लागूऔषध गाँजा बिहीबार राति प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुधनगरबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस