• २०८३ असार १५ गते सोमवार

सर्वोच्चको पूर्ण बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक शुक्रबार बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक शुक्रबारका लागि बोलाएका हुन्।

‘फुट कोर्ट’ भनिने यो बैठकमा सर्वोच्चका सबै न्यायाधीश सहभागी हुनेछन्। संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधन, कोरोना महामारीका कारण रोकिएका सेवाको विषयमा छलफल गर्न पूर्ण बैठक बोलाएको सर्वोच्च स्रोतले जनाएको छ।

सर्वोच्चको यसअघि बसेको पूर्ण बैठकले महामारीको समयमा नियमित मुद्दा र रिट निवेदनमाथिको कारबाही रोकेको थियो। यस्तै, प्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेका थिए। तर, त्यसमा सहभागी दुई न्यायाधीशप्रति रिट निवेदक पक्षका कानुन व्यवसायीले चित्त नबुझाएपछि नयाँ इजलास गठन गरिने भएको छ।

इजलासबाट न्यायाधीश दीपककुमार कार्की र डा। आनन्दमोहन भट्टराई अलग भएपछि प्रधानन्यायाधीशले जेठ २३ गतेलाई अर्को पेसी तोकेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस