जेठ २१, काठमाडौं । अमेरिकाले नेपालसहित संसारका विभिन्न मुलुकलाई पहिलो चरणमा २५ मिलियन ९२ करोड ५ लाख मात्रा खोप सहयोग गर्ने घोषणा गरेको छ । त्यसमध्ये नेपालसहित एसियाली मुलुक र अन्य गरी १६ देशले ७ मिलियन ९७ लाख मात्रा खोप प्राप्त गर्ने ह्वाइटहाउसद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
पहिलो चरणको ७० लाख खोप पाउने मुलुकको सूचीमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र प्यासिफिक आइसल्यान्ड छन् । खोप कसरी वितरण हुन्छ भन्ने कुरा अमेरिकाले थप स्पष्ट पारिसकेको छैन । ‘अमेरिकाले नेपाललाई पनि खोप दिने घोषणा गरेको छ, त्यसलाई लिएर हामी खुसी छौं तर अहिले नै कति संख्यामा हामीले खोप पाउनेछौं भन्नेबारेमा स्पष्ट भइसकेको छैन,’ प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भने ।
बाइडेन प्रशासनले बिहीबार कोरोना भाइरसका कारण सिर्जित संकटका बेलामा विश्वका विभिन्न मुलुकमा खोप बाँडफाँटको रणनीति सार्वजनिक गर्दै यही जुनको अन्त्यसम्ममा ९असार ३० सम्म० कम्तीमा पनि विश्वभर ८० मिलियन ८ करोड मात्रा खोप सहयोग गर्ने रूपरेखा तयार गरेको जानकारी गराएको हो ।
ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिअनुसार ८० मिलियन मात्रा खोपमध्ये अमेरिकाले ७५ प्रतिशत कोभ्याक्सबाट र बाँकी २५ प्रतिशत बाहिरबाट खोजेर अन्य मुलुकलाई सहयोग गर्ने योजना बनाएको छ । पहिलो चरणमा वितरण हुने २५ मिलियन खोपमध्ये १९ मिलियन ९१ करोड ९० लाख० मात्रा कोभ्याक्सअन्तर्गत रहने बताइएको छ । यो समचार आजको कान्तीपुर दैनिकमा छ ।