बैशाख २१, हुम्ला । हुम्ला जिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले आज राती १२ बजे देखि वैशाख २८ गते राती १२ बजे सम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । सोमबार नेपालगञ्ज बाट आएका ८ जनायात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि यसको रोकथाम र नियन्त्रण गर्न संक्रमक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर जिल्लामा निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

पछिल्लो समय देशकै हट स्पटका रुपमा रहेको बाँकेको नेपालगञ्जबाट जिल्ला आउने २० प्रतिशत यात्रु हरुमा संक्रमण पुष्टि भएपछि डिसिसीएमसीको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय निष्नेधाज्ञ जारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । ‘जिल्लाबाहिर रहेको नागरिकहरुलाई घर पुग्ने समय पुग्ने गरेर हामीले आज (मंगलबार) राती १२ बजेपछि लागु हुने गरेर निषेधाज्ञा जारी गरेको बताए ।