बैशाख २१, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले प्रदेशसभा सदस्यहरू चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्री, भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंंख्या मन्त्री र धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन्।
आचार्य अर्घाखाँचीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने श्रेष्ठ रुपन्देहीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। श्रेष्ठ बुटवलका पूर्व मेयरसमेत हुन्।कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित श्रीवास्तव ब्रिजेशकुमार गुप्तानिकट मानिन्छन्।उनले आइतबार मुख्यमन्त्री पोखरेलसँग असन्तुष्टि जनाउँदै अलगिने घोषणा गरे पनि सोमबार एक विज्ञप्ति जारी गर्दै पुनः पोखरेललाई नै समर्थन रहेको जनाएका थिए।
नव नियुक्त मन्त्रीहरुले बुधबार पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बिएल नेपाली सेवालाई जानकारी दिए।