• २०८३ बैशाख ५ गते शनिवार

चन्द्रागिरि नगरपालिकामा थप ४७ जनामा कोरोना पुष्टि

सुरेन्द्र थापा पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिकामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चन्द्रागिरि नगरपालिकाका सामाजिक विकास समिति संयोजक सन्तोष खड्काका अनुसार योसगैं चन्द्रागिरिमा कोरोना संकरमितको संख्या २३७९ पुगेको छ ।

यस्तै पछिल्लो चौबिस घण्टामा चन्द्रागिरिमा कोरोना मुक्त हुनेको संख्या १०८ जना रहेका छन । यो सगैं कोरोना मुक्त हुनेको संख्या २१८१ जना रहेका छन । हाल अस्पताल आईसोलेसनमा रहनेको संख्या १४ जना रहेका छन भने होम आईसोलेसनमा रहनेको संख्या १५८ जना रहेका छन ।

हालसम्म चन्द्रागिरि नगरपालिकामा कोरोनाका कारण २६ जनाको मृत्यु भईसकेको छ ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस