बैशाख २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ७७५ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ७७५ जना कोरोनामुक्त भएसगैं हालसम्म दुई लाख ८७ हजार ७९० जना कोरोनामुक्त भएको जनाएको हो ।
पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने तीन लाख ५१ ह्जार पाँच जना पुगेको उल्लेख गरेको छ । हालसम्म २५ लाख ३७ हजार २९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ५९ हजार ७९८ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ ।