बैशाख २१, रामेछाप । जिल्ला कमिटी एमाले रामेछापले कोभिड १९ कोरोना नियन्त्रण र यसको पुर्व तयारीका बारेमा चासो राखी जिल्लाका सरोकारवाला, बुद्धिजीवी र स्वास्थकर्मीहरुसग अन्तरक्रिया गरेको छ। कोभिड १९ बाट जनतालाई सुरक्षित राख्न जिल्लाका सबै नगरपालिका, गाउँपालिका, प्रदेश सरकार र नेपाल सरकार स्वास्थ मन्त्रालयको ध्यान आकर्षण जिल्ला कमिटीले गराएको हो।

केही दिन पहिले सम्पन्न जिल्ला कमिटीको बैठकले कोरोना प्रभावको चङुलबाट जनतालाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम संचालन गर्ने र महामारीको यो संकटमा प्रभावकारी भुमिका निभाउन जिल्ला कमिटीले कुनै कसर बाकी नराख्ने निर्णय गरेको थियो।
जिल्ला कमिटीले जिल्लामा ध्यानाकर्षण पत्रमा आबस्यक अक्सिजन सिलिन्डर रहेता पनि बढ्दो कोरोना संक्रमणलाई ध्यान दिदै सम्बन्धि सरोकारवालासगँ थप सिलिन्डर उपलब्ध गराउन अनुरोध गरेको उल्लेख छ। जिल्लामा प्रशासनिक स्वास्थ कर्मचारी पर्याप्त रहेपनी चिकित्सक सहितका अन्य स्वास्थ जनशक्ति अपुग हुन सक्ने जनाउदै आबश्यक थप चिकित्सक र स्वास्थ जनशक्ति तत्काल उपलब्ध गराउन जिल्ला कमिटीले प्रदेश सरकार र नेपाल सरकार स्वास्थ्य मन्त्रालयसग अनुरोध गर्नुका साथै ध्यानाकर्षण गराएको छ।
जिल्ला कमिटीले ,एम्बुलेन्स सहित अन्य सबारी साधन तयारी अबस्थामा राख्न र थप भेन्टिलेटर सहितको आइसोलेसन निर्माण तत्काल गर्न समेत चासो देखाएको छ। स्वाव सङ्कलन र पिसिआर टेस्ट तिब्र गतिमा गर्नु पर्ने र यसमा आफ्नो सबै सहयोग रहने जिल्ला कमिटी नेकपा एमालेले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
बिश्वमा चुनौतीकोरूपमा देखिएको कोरोना प्रभाव रोकथाममा सरकारी तबरबाट भएका प्रयासहरुलाई धन्यवाद दिदै आगामी दिनमा यसबाट हुने क्षतिबाट जिल्लालाई सुरक्षित राख्न र आबश्यक सहयोग गरिदिन सरोकारवाला र तिनै तहका सरकारलाई जिल्ला कमिटी एमाले रामेछापले अनुरोध गर्दै ध्यानाकर्षण गराएको थियोे।
उक्त अन्तर्कृया कार्यक्रममा जिल्ला कमिटी सचिव पुरुषोत्तम कडरियाले कोरोना बाट त्रशीत नभई सचेत रहन र नआत्ति दिनचर्या चलाउन सबैसग अनुरोध गर्नु भएको छ।