• २०८३ जेष्ठ २२ गते शुक्रवार

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य फेरि बढ्यो (बिज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२,काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाइएको छ। बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस