• २०८३ बैशाख २४ गते बिहिवार

वैशाख ३ मा सुवेदी र चुडालको संसदीय सुनुवाइ 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौँ। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका नहकुल सुवेदी र कुमार चुडालका सम्बन्धमा आगामी वैशाख ३ गते संसदीय सुनुवाइ हुने भएको छ । आज बसेको समितिको बैठकमा उजुरीकर्तासँग छलफल भए पनि अर्को बैठकमा थप प्रक्रिया अघि बढाउने गरी बैठक टुंगिएको हो ।

आज सांसदहरुको व्यस्तताका कारण बैठक चाँडै टुङ्ग्याइएको बताइएको छ । यद्यपि न्यायाधीशमा सिफारिस सुवेदीको योग्यतासम्बन्धी विवादलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चैत ३० गते फैसला आउने छ । संसदीय सुनुवाइ समितिमा पनि सुवेदीको योग्यतालाई लिएर उजुरी परेको छ । समितिले सर्वोच्चबाटै उक्त विषयमा फैसला भएपछि मात्र सुनुवाइ प्रक्रिया अघि बढाउने गरी अर्को बैठक वैशाख ३ गतेका लागि तोकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस