चैत २२, काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक माओवादी केन्द्रका केही नेता काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको जनाइएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्न बैठक बोलाइएको थियो ।