• २०८३ बैशाख ७ गते सोमवार

छतबाट खसेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, जनकपुरधाम । सर्लाहीमा छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ ।सदरमुकाम मलंगवा नगरपालिका(४ पानी टंकीस्थित रामबाबु साहको दोस्रो तल्लाको छत ढलान गर्ने क्रममा खसेर कौडेना गाउँँपालिका(२ इनर्वा बस्ने २० वर्षीय श्याम मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस