• २०८३ बैशाख ४ गते शुक्रवार

आठ केजी गाँजासहित दुई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, सर्लाही । सर्लाही प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं। ३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो रहेका छन।

प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं। १३ पानी टयाङ्कीस्थित लखनदेही खोलामा महतो र यादव सवार मोटरसाइकललाई चेक गर्दा यादवलाई ५ केजी गाँजा र महतोलाई ३ केजी गाँजासहित पक्राउ गरेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस