• २०८३ बैशाख २४ गते बिहिवार

आन्दोलनकारीलाई छल्दै दौडिएको मोटरसाइकलको ठक्करबाट बालक घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२,सुर्खेत। सुर्खेतमा आन्दोलनकारीबाट बच्नका लागि दौडिएको मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । प्रहरीका अनुसार माधव–प्रचण्ड समूहले गरेको आमहड्तालको क्रममा वीरेन्द्रनगरस्थित सत्कार होटल अगाडि मोटरसाइकलको ठक्करबाट बालक घाइते भएका हुन् ।

प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बर मोटरसाइकलले आन्दोलनकारीबाट भाग्न खोज्दा बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । अन्दाजी १० वर्षको बालकलाई ठक्कर दिएको हो भने बालकको नाम, ठेगाना खुल्न सकेको छैन । प्रहरीका अनुसार बालकको प्रदेश अस्पताल काला गाउँमा उपचार भैरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस