• २०८३ भाद्र २ गते मङ्गलवार

बन्द गर्दै हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २२, काठमाडौं । नेकपा प्रचण्ड९माधव समूहको केही कार्यकर्ता आज (बिहीबार) बिहानै पक्राउ परेका छन् । प्रचण्ड९माधव समूहका केही नेताहरुलाई बाठमाडौंका बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पनि बन्द गराउँदै हिँडेका केहीलाई पक्राउ गरेको जनाएको छ । सामाखुसी, सोह्रखुट्टे, महाराजगञ्ज र बानेश्वरबाट केही प्रचण्ड–माधव समूहका कार्यकर्ता पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । काठमाडौ म न पा १४ स्थित बल्खु चोक मा आम हडताल सफल पारौ भन्दै टायर बाल्न लाग्दा नेकपा नेता केन्द्रिय सचिवलय सदस्य लोकेन्द्र ऐरसहित ३ जनालाई नियन्त्रण लिइ कालिमाटी बृतमा लगिएको छ । यस्तै नेपाल बन्द आमहडताल सफल परु भन्दै कलंकी चोकमा पर्चा छर्दै हिड्ने नेकपा नेतृ अस्टलक्षमि शक्य सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कालिमाटी बृत लगेको छ।

कामनपा १६ सोह्रखुट्टे चोकमा नेकापा प्रचन्ड माधब समुहको कार्यकर्ता १३ जना पक्राउ गरि नम्बर २ गण महाराजगन्ज लगेको छ । %Aक्रE0उ पर्नेहरूमा किरण अर्याल, मनोज अधिकारी, अनिल मग्राती, सुनिल बगाले, आकास मग्राती, बिनोद साही, सुरज श्रेष्ठ, महेस श्रेष्ठ, बिजय अछामी, सागर रसाइली, उमेस बि क, नवीन देबकोटा र सुरेन्द्र तिमिल्सिना रहेका छन ।

यस्तै बन्दकर्ताहरुले कामनपा २६ सामाखुसि बाजेको सेकुवा नजिक प्रदेश ३ ०१००२ ज ५८८१ न को गुडिरहेको टेक्सीमा रोकेर पेट्रोल छर्कीएर आगजानी गरेका छन । टेक्सीको सिट , झ्याल , पछाडिको भाग क्षति भएको छ ।

गृहले संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध गर्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस