• २०८३ बैशाख १२ गते शनिवार

आर्मीलाई प्रधानमन्त्री कप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३३ रनले हराउँदै आर्मी च्याम्पियन बनेको हो। उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ पुरस्कार पायो। उपविजेता एपीएफले पाँच लाखमा चित्त बुझायो।

आर्मीले दिएको दुई सय १२ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ ४१.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७८ रनमा समेटिएको थियो। एपीएफका लागि आरिफ सेखले सर्वाधिक ६१ रन बनाए। सन्दीप जोराले २९, शंकर रानाले २१, सुमित महर्जनले १९, सुवास खकुरेलले १४ र भुवन कार्कीले नौ रन बनाए। आशा गरिएका कप्तान शरद भेषावकर शून्य रनमा आउट भएपछि एपीएफ कमजोर बनेको थियो। आर्मीका जितेन्द्र मुखिया, विक्रम सोब र शाहब आलमले समान तीन/तीन विकेट लिए। सुशन भारीले एक विकेट झारेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ११ रन बनाएको थियो। आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए। रा%

Sharing

प्रतिक्रिया दिनुहोस