• २०८३ भाद्र २१ गते आइतवार

दाङमा अवैध सालको काठ सहित दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २०, दाङ । डिभिजन वन कार्यालय दाङले ३१ थान अवैध सालको काठ सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेहरूमा राप्ती गाउँपालिका वडा नं। ९ निवासी २२ वर्षीय जफर मिँया र सोहि ठाउँ निवासी १९ वर्षीय मोहम्मद सरोज मिया रहेका छन् ।

आइतवार विहान करिब ९ बजे राप्ती गाउँपालिका वडा नं. ९ देविकोटबाट रा १ त २३५१ नम्बरको टेक्टरबाट बजारमा तर्फ ल्याउदै गरेको ९३१.४९ क्युफिट ३१ थान अवैध सालको काठ सहित दुईजना पक्राउ गरेको डिभिजन वन कार्यालय दाङ देउखुरीका सुचना अधिकारी प्रेमिलाल प्रसादले साहले जानकारी दिए ।

उनीहरुलाई वन कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भइरहेको सुचना अधिकारी साहले बताए । काठ र टेक्टर वन कार्यालयको हिरासतमै रहेको वन कार्यालयले जनाएको छ । काठसंगै बेल्चा तीन थान, सावेल एक थान, त्रिपाल एक थान र धानको बोरा पाँच थान वन कार्यालयले फेला पारेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस