• २०८३ बैशाख ११ गते शुक्रवार

एमालेको महाधिवेशन तयारीः उद्घाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १७, काठमाडौँ । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जनाएको छ ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा आइक्यापका ९आइसिएपीपी० का स्थायी कमिटीका सदस्यहरुलाई पनि निमन्त्रणा गरिएको विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा मुलुकका राष्ट्रिय राजनीतिक दलका प्रमुखलाई पनि निमन्त्रणा गरिनेछ । निमन्त्रणा गरिएका विदेशस्थित पार्टीबाट सकारात्मक सन्देश प्राप्त भएको जनाउँदै उहाँले नेपालस्थित कूटनीतिक निकायका प्रमुखलाई पनि निमन्त्रणा गरिएको छ ।

नेपालको मध्यभाग र पर्यटकीय गन्तव्यमा मानिने चितवनमा हुने महाधिवेशानले मुलुकको राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशा दिने पार्टीका सचिव भट्टराईले बताउनुभयो । मङ्सिर १० गते भरतपुरस्थित नारायणी नदीको मैदानमा जनसमुदायको उपस्थितिमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । उद्घाटनस्थलमा अहिले सम्याउने र खाल्डाखुल्डी पुर्नेलगायतका काम भइरहेको छ भने बन्दसत्र सौराहास्थित हात्तीसारमा गर्ने गरी संरचना निर्माण गरिएको छ । प्रतिनिधिलाई बसोबासका लागि सौराहास्थित होटलमा व्यवस्था गरिएको छ ।

सचिव भट्टराईले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रस्तुति र जोडकोणमा नेताहरुका केही भिन्नता होलान् र आमरुपमा पार्टीको विचार, नीति र विधानका सम्बन्धमा अब कुनै अन्योल छैन ।” पत्रकारको जिज्ञासाका क्रममा नेता भट्टराईले एमाले मुलुकको लोकतान्त्रिक आन्दोलन र उपलब्धिको प्रमुख हिस्सेदार रहेको उल्लेख गर्दै वर्तमान सत्ता गठबन्धनले लोकतन्त्र र संविधानको सही कार्यान्यनका क्रममा चुनौती खडा गरेको आरोप लगाउनुभयो । अर्को प्रश्नको जवाफमा उहाँले एमालेबाट अलग भएर बनेको नेकपा ९एकीकृत समाजवादी० पहिचान स्थापित भइनसकेको पार्टी भएकाले त्यसलाई आमन्त्रण गरिरहनुनपर्ने स्पष्ट गर्नुभयो ।

नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिनेछ भने गत असोजमा सम्पन्न विधान महाधिवशेनले पारित गरेका विभिन्न प्रतिवेदन र विधान संशोधनका दस्तावेज प्रकाशन गरी वितरण गरिने प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस