• २०८३ असार १५ गते सोमवार

युरोकप फुटबल : पहिलो हाफमा डेनमार्कलाई २-० को अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १९, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल अन्तर्गत चेक रिपब्लिक र डेनमार्कबीच भइराखेको प्रतिस्पर्धामा अग्रता बनाएको छ । बाकु ओलम्पिक स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले २-० गोलको अग्रता बनाएको छ ।

खेलको पाँचौं मिनेटमा लार्सेनको कर्नरमा थोमस डेलानेले हेडरमार्फत गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ४२ औं मिनेटमा लार्सेनको कर्नरमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका छन् । आज चेक रिपब्लिक र डेनमार्क जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस