• २०८३ जेष्ठ १९ गते मङ्गलवार

उपत्यकामा दुई हजार ५७ सङ्क्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ५७ सङ्क्रमित थपिएका छन । मन्त्रालयले काठमाडौंमा एक हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

काठमाडौंमा हाल १४ हजार ३८२ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा छ हजार ४० र भक्तपुरमा चार हजार १७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म एक हजार ६५३, ललितपुरमा ४५५ र भक्तपुरमा ३२ जनाले कोरोना सङ्क्रमणले ज्यान गुमाएका छन् । काठमाडौंमा हालसम्म एक लाख ९१ ह्जार ८८७, ललितपुरमा ३४ हजार २१९ तथा भक्तपुरमा २० हजार ४३४ जना कोरोनाभाइरसबाट सङक्रमित भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस