चैत्र २१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालको स्वास्थ्यस्थिति बुझ्न निवासमै पुग्नु भएको छ । डल्लुमै रहेको इतिहास संशोधन मण्डलको पुस्तकालय निरीक्षणपछि राष्ट्रपति खनाल निवासमा पुग्नु भएको हो ।

दिल्लीमा स्वास्थ्य परीक्षण गरेर फर्कनु भएकाृ खनालमा केही समयअघि मिर्गौलामा समस्या देखिएको बताइएको छ । नजिकै कार्यक्रममा आएका बेला खनालको स्वास्थ्यबारे जानकारी लिने राष्ट्रपतिको चाहना भएकाले शुक्रवार साँझै खनाललाई यसबारे जानकारी गराइएको स्रोतले जनाएको छ ।