• २०८३ मङ्सिर २ गते मङ्गलवार

तारकेश्वरमा दोस्रो चरणमा कोभिडको खोप दुई ठाउँबाट संचालन हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १९, काठमाडौं । तारकेश्वर नगरपालिकामा फागुन २३ गतेबाट सञ्चालन हुन लागेको दोस्रो चरणको कोरोना भाईरस कोभिड-१९ विरुद्धको खोप दुई ठाउँबाट संचालन हुने भएको छ । फागुन २३ गते आइतबारबाट सञ्चालन हुन लागेको दोस्रो चरणको खोप अभियानमा तारकेश्वर नगरपालिकाको वडा नं ६ को धर्मस्थली स्वास्थ्य चौकी र वडा नं ८ को वडा कार्यालयबाट खोप सेवा सन्चालन हुन लागेको हो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविका जनप्रतिनिधि लगायतले प्रहरी अस्पताल महाराजगन्ज र शिक्षण अस्पताल महाराजगन्जबाट कोभिड विरुद्धको खोप लगाएका थिए । पहिलो चरणमा शिक्षण अस्पताल महाराजगन्जबाट १४९ जनाले कोभिड विरुद्धको खोप लगाएका थिए । तारकेश्वर नगरपालिकाले कोभिड विरुद्धको खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम समेत दिइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस