• २०८३ बैशाख २६ गते शनिवार

थबाङ गाउँपालिका २ नं वडाद्धारा उपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फाल्गुन १९, राेल्पा । थबाङ गाउँपालिका वडा नं २को आयोजनामा उपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको आज थबाङमा उद्घाटन गरिएको छ । थबाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बसन्त रोका मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका मगर, विशिष्ट अतिथी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीको उपस्थीती रहेको थियो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीले अभिमुखिकरण कार्यक्रममा आयोजनागर्नुको लक्ष्य र उद्देश्यको बारेमाआफ्नो मन्तव्य राख्नु भएको थियो । उपभोक्ता समिति भनेको जस्ले उपभोग गर्ने नै उपभोक्ता हुन्छ र उपभोक्ता गर्नेहरुले त्यो विकास योजनामा समिति बनाएर विकास योजनाहरुमाजोडिनु पर्ने भएको कामगर्दा कुनै प्रकारको काम कारवाहीमा असहजन होस भनेर नै यो कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यक्रम अरु वडाले पनि गर्नु पर्नेमा जोड दिनु भयो ।

उपभोक्ता समितिहरुको लागी र हाम्रो लागी यस प्रकारको कार्यक्रम महत्वपुर्ण हुने गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका मगरले बताउनु भयो । जुन यो तालिममा लिनु भन्दा पहिलेको र लिए पश्चातको अवस्था धेरै फरक हुनेमा उपाध्यक्ष रोकाले जोड दिनु भयो । हामी योजना तर्जुमाको समय देखीलिएर बजेट ल्याउदा होस वा विकास योजनाको काम गर्दा होस तपाईहरु कहिनकहि जोडिरहुन भएको हुन्छ त्यसैले जो हामीले प्रशिक्षकबाट तालिम हासिल गर्छौ यसले हामीलाई ठुलो सहयोग गर्नुको साथै हामीलाई कामगर्दा सहजहुने भएकोले यस अभिमुखिकरण तालिममा ध्यान केन्द्रीत गरे सहभागीहुन अनुरोध गर्दै सिकेको कुरा व्यवहारमालागु गर्न समेत जोड दिनु भयो ।

कार्यक्रमको उद्घाटन समारोह समापनगर्दै थबाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्षबसन्त रोका मगरले हामीले जुनसुकै कामगर्नु भन्दापहिले त्यस काममाआवश्यक पर्ने आधारभुत ज्ञानको बारेमाजानकार हुनुपर्ने बताउनु भयो । हामीउपभोक्ता समितीमा त छौ तर समितीमा रहेर कामगदै गर्दा आवश्यक पर्ने ज्ञानहरुको बारेमाजानकार भएनौ भने कामगर्न गाह्रो हुने भएकोले नै थबाङ गाउँपालिका वडा नं ले अभिमुखिकरण कार्यक्रमअयोजना गरेको ।

तपाईहाम्रो टोल, वडाले बनाएको योजनाहरु सफल पार्नको लागीउपभोक्ता समितिहरुको भुमिका महत्वपुर्ण हुने भएकोले प्रशिक्षकहरुले दिएको ज्ञान राम्रो सँग हासिलगर्न अनुरोध गर्नु भयो । साथै समुदायले छनौट गरेर बनाएको उपभोक्ता समितिले आफुले गरेको कामको जवाफदेहिता हुनुपर्ने भएको पारदर्शी सहितको योजनाहरुको काम सफलपार्न समेत आग्रहगर्नु भयो । सामुदायिक हलमा सन्चालनभएको अभिमुखिकरण कार्यक्रमको वडा नं २ कि असिस्टेन्ट सव इन्जिनियर सिर्जनाथारुको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सन्चालनथबाङ गाउँपालिका वडा २ का वडा सचिवचोलाकान्त पाण्डेयले गर्नु भएको थियो ।

दुई दिन सम्मचल्ने अभिमुखिकरण कार्यक्रममा वडा नं २ मा सन्चालनहुने योजनाहरुको उपभोक्ता समितिका करिव जनापदाधिकारी, जनप्रतिनिधी र कर्मचारीको सहभागी रहको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस