• २०८३ असार १६ गते मङ्गलवार

विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १९, काठमाडौंं । सरकारद्वारा गठित वर्ता टोली र नेकपा विप्लव समूहको वार्ता टोलीबीच आज विहान पहिलो चरणको वार्ता सकिएको छ । सो कुराको जनाकारी सरकारी वर्ता टोलीका सदस्य राजन भट्टराइले ट्वीटरमाफर्त गराउनु भएको हो ।

सरकारी वार्ता टोलीका सदस्य भट्टराइले सामाजिक सञ्जालमा बार्ता सकारात्मक भएको जनाउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।

सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको थियो । विप्लव पक्षले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली गठन गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस