• २०८३ असार १२ गते शुक्रवार

अनेमसंघद्वारा झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २१, काठमाडौँ। नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

राष्ट्रपतिसहित एकल महिलाको मान प्रतिष्ठामा आघात पर्ने अभिव्यक्ति दिएको र चरित्रहत्या गरेको भन्दै नेकपा नेतृ झाँक्रीलाई मुलुकी अपराध संहिता बमोजिम कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई तत्काल पक्राउ गरेर कारबाही चलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस