माघ २१,मुगु । हिमाली जिल्ला मुगुमा एक जनप्रतिनिधिले आरन पेशा प्रवद्धनको लागि कार्यक्रमको थालनी गरेका छन् । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष चक्र बहादुर साँवतले यो कार्यक्रमको थालनी गरेका हुन ।
पछिल्लो समय लोप हुदै गएको परम्परा देखि लुहार जातिले गर्दे आएको आरन व्यवसाय लाई प्रवद्धन र व्यवसायको रुपमा ल्याउनको लागि यो अभियान लागु गरिएको वडा अध्यक्ष साँवतले बताए । उनले भने पहिलो पटक मंगलवार एक कार्यक्रमका बिच छायानाथ रारा नगरपालिका वडा नं १३ लुमका ७० वर्षिय वृद्ध हर्क कामि र सोही वडाकै रुगा गाउका गोर बहादुर कामि लाई आरन पेशामा आवश्यक पर्ने सामनहरु ह्स्तान्तरण गरि शुभारम्भ गरिएको वडा अध्यक्ष साँवतले भने, शुभारम्भको दिनमा उनीहरु लाई आफर , रेत , घन , हतौडा , सँरासो लगायत अन्य सामान वितरण गरिएको जानकारी दिए । आफ्नो व्यक्तिगत लगानीमा यहाका दलित वर्गहरु लाई यो सामान वितरण गरिएको छ । सो सामान बुझ्दै ७० वर्षिय बृद्ध हर्क कामिले भने विगतका दिन देखि गर्दे आईरहेको यो पेशा अहिले विस्तारै हराउदै गएको बताए । पहिला आफुहरु छालाको माध्याम बाट निर्माण हुने खँलातको प्रयोग गरेर यो पेशा गरेका थियौं कामिले भने पछि यो खँलात पनि पाईन छोडे पछि विस्तारै हराउदै गएको दुखेसो पोखे ।
उनले भने, हामि यो पेशा बाट घर खर्च , छोराछोरीहरु लाई पठनपाठन गथ्र्यो यसरीनै गुजारा चलिरहेको बताए । बिचमा आरन पेश गर्ने सामान कुनै पनि थिएनन् त्यतिकै बसिरहेका थियौ अब हामिले सामान पायौ आफ्नो दैनिकि गुजारा चन्ले खुसि व्यक्त गरे । वडा अध्यक्ष सावतले नगरपालिका भित्रका यस्ता व्यक्ति लाई पहिचान गरि वितरण गर्ने समेत घोषणा गरेका छन् । ‘चिसो छल्न कम्मल पनि दिने’ छायानाथ रारा नगरपालिकाका गरिब विपन्न , असहाय , टुहुरा , व्यक्ति लाई आफ्नो व्यक्तिगत लगानी बाट कम्मल लगायत न्यानो कपडा वितरण गर्ने पनि अवगत गरनउनु भयो । न्युन आयस्रोत भएका व्यक्ति लाई र पछिल्लो समय चिसो बढ्दै गए पछि केही राहत होस भनि कम्मल वितरण गर्ने अडान राखेका छन् ।