• २०८३ जेष्ठ २२ गते शुक्रवार

अपहरण मुद्दामा नौ वर्ष कैद तोकिएका प्रयाग पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, पर्सा  । शरीर बन्धक तथा अपहरण मुद्दामा अदालतबाट दोषी ठहर ५६ वर्षीय प्रयाग चौधरी ७ वर्ष ९ महिना २८ दिनपछि पक्राउ परेका छन्।

उनलाई काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। उनलाई आज पर्सा जिल्ला अदलतमा हाजिर गराउने तयारी भइरहेको डिएसपी खनालले बताए ।

पर्सा जिल्ला अदालतले २०७० माघ १७ गते उनलाई नौ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनले भारत बिहारको मजफ्फरपुर मुसहरीका २० वर्षीय सञ्जयकुमार यादवलाई २०६७ फागुन २४ गते पर्साको वीरगञ्ज महानगरपालिका-३२ बाट अपहरण गरी शरीर बन्धक बनाएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस