• २०८३ बैशाख १८ गते शुक्रवार

८६७ कोरोना संक्रमित थपिए, ११२३ जना संक्रमणमुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ।

शनिबार १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १७ हजार ६४२ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ५ हजार ५९८ पीसीआर तथा २ हजार ६२१ एन्टिजेन परीक्षण भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस