• २०८३ जेष्ठ २९ गते शुक्रवार

युरोकप फुटबल : पहिलो हाफमा स्पेनलाई अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको पहिलो क्वाटरफाइनलमा अहिले स्विट्जरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा भईरहेको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले १-० गोलको अग्रता बनाएको छ ।

स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोल उपहारबाट अग्रता बनाएको हो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे । स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

आज दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस