• २०८३ बैशाख ३ गते बिहिवार

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८,काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो ।

 आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् । विहीबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसँग टेलिफोन संवाद गरी बैठकमा आउन आग्रह गरेका थिए । टेलिफोन गरेर बैठकमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरे पनि नेपालले अस्विकार गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस