जेठ १९, काठमाडौं । सरकारले बजेट वक्तव्य मार्फत चुरे दोहन गर्न खोजेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन रहेको भन्दै नेपाली कांग्रेसले विज्ञप्ती जारी गर्दै विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नितिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ति होइन भनेको छ ।

‘प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो ।’ कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरेको स्मरण गर्दै तत्कालिन सरकारले ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको उल्लेख गरेको छ ।
कांग्रेसले ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरि हचुवाका भरमा बजेटमा नितिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ ।
विज्ञप्ती