• २०८३ असार ३ गते बुधवार

२० गते रातिदेखि आन्तरिक र २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र आगामी २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस