बैशाख १९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै तीन हजार ५९५ जना छन् । भक्तपुरका ३०१, ललितपुरका ५५० र काठमाडौंका दुई हजार ७४४ छन् ।
नेपालमा कोरोनाभाइरसका सात हजार १३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ३६ हजार ३० पुगेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ६१२ जना सङ्क्रमित निको भएका छन् ।