• २०८३ बैशाख ९ गते बुधवार

धादिङमा टिप्पर दुर्घटना हुदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, धादिङ। धादिङको गल्छी गाउँपालिका-५ तीरतीर खोलामा टिप्परले किच्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराती बालुवा बोकेको बा ४ ख २१ १८ नम्बरको टिप्परले किच्दा ४५ वर्षका शुक्रबहादुर तामाङको मृत्यु भएको हो ।

टिप्परको पछाडिपट्टि बालुवामाथि बसेका तामाङ टिप्पर चलिरहँदा खसेका उनको मृत्यु भएको हो जनाइएको छ । घटनापछि टिप्पर चालक भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस