बैशाख १९, दाङ। दाङमा पार्किङ गरेर राखेको भारतीय कारमा फेला परेका ३ जनाको शवको पहिचान भएको छ। शनिबार साँझ साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरेर राखिएको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शव फेला परेको थियो।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि शिवबहादुर सिंहका अनुसार मृत फेला पर्नेमा भिम बहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्न परियार र किरण परियारका वर्ष ७ कै करण परियार रहेका छन् । उनीहरु ४ दिन अघि बैशाख १६ गते घरबाट बेपत्ता भएका थिए । उनीहरु सोही ठाउँका ३ जना बालक रहेको प्रहरीले जानकारी दिएको छ।
तीन जनाका बालकको शवलाई अहिले तुलसीपुर स्थित राप्ती प्रादेशि अस्पतालको शवदाह गृहमा राखिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपि सिंहले बताउनुभयो। अनुसन्धानका लागि नेपालगन्जबाट तालिम प्राप्त कुकुर समेत लिइएको छ।
https://khabar24nepal.com/05/01/2021/69592