चैत २०, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका– १ मा जलेर एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार घरको पालीमा सुतिरहेको बेला छेउमै बालेको आगो सल्किएर ६८ वर्षीया सोमती रानाको मृत्यु भएको हो ।
स्थानिय जनप्रतिनिधिले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले वृद्धाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेको छ ।