• २०८३ बैशाख १३ गते आइतवार

दाङमा यात्रुबहाक बस दुर्घटना, दुईको मृत्यु

दाङ समाचारदाता पढ्न लाग्ने समय : २ मिनेट

चैत २०, दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर देखि भालुवाङ तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहरु बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएकाे हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार दुर्घटनामा लमही नगरपालिका वडा नं. ९ पैते निवासी सहचालक २९ बर्षीय अतिराम चौधरी र बुटवल स्थित सैनामैना नगरपालिका वडा नं. १ का यादव खनालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बस धनि कमल चौधरीको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला बाहिर पठाईएको छ ।

दुर्घटनामा लमही नगरपालिका वडा नम्बर ६ खैरी निवासी ६३ वर्षिय यमराज नेपाली, सोही ठाउँ निवासी ३९ वर्षिय निर्मला नेपाली, सोही ठाउँ निवासी ३२ वर्षिय सुनिता नेपाली, सोही ठाउँ निवासी ६१ वर्षिय जंगबहादुर घर्ती, लमही ७ का ३८ वर्षिय चन्द्रकली चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५५ वर्षिय फुजुवा चौधरी, उनका छोरी १६ वर्षीया ववि चौधरी, राप्ती गापा १ निवासी २८ वर्षिय दिलकुमारी चौधरी, लमही ९ पैते निवासी ३२ वर्षिय कमल चौधरी, लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी १८ वर्षिय अनुजा चौधरी रहेका छन् ।

त्यस्तै लमही नगरपालिका वडा नम्बर १ नर्ती निवासी ७० वर्षिय लिलावति चौधरी, रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खुरेली निवासी ५१ वर्षिय तेजप्रसाद घर्ती, सोही ठाउँ निवासी ५४ वर्षिय लालमाया घर्ती, राजपुर गाउँपालिका वडा नम्बर १ गुरूङ्खखोला निवासी २७ वर्षिय सावित्री वलि, सोही ठाउँ निवासी २ वर्षिय रोश्नी वलि, राजपुर गाउँपालिका वडा नम्बर ४ दुलहिया निवासी ४० वर्षिय फुलमाया घर्ती, घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षिय अञ्जना चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५४ वर्षिय सीता चौधरी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी २० वर्षिय आरती कुवर, सोहि ठाउँ निवासी २० वर्षिय सितल कुवर रहेको छन् । त्यस्तै मोरङ घर भै हाल घोराही व्यारेगमा कार्यरत नेपाली सेना ३६ वर्षिय खड्क बहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर निवासी ३२ वर्षिय सुशीला पोख्रेल, सोही ठाउँ निवासी १२ वर्षिय सिम्बोल सुवेदी, घोराही उपमहानगरपालिका वडा नम्बर ७ निवासी ४५ वर्षिय श्याम कुमारी चौधरी, लमही नगरपालिका वडा नम्बर १ निवासी ४६ वर्षिय बेलपति तौधरी, लमही नगरपालिका वडा नम्बर ६ निवासी २७ वर्षिय दिलु चौधरी, लमही नगरापालिका वडा नम्बर १ निवासी ४० वर्षिय आशा चौधरी, लमही नगरपालिका वडा नम्बर २ निवासी ३० वर्षिय श्यामकुमारी चौधरी घाइते भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस