चैत २०, दाङ । दाङको घोराही-लमही सडक बन्द हुने भएको छ। लमही घोराही सडक खण्डमा केही ठाउँमा सडक जीर्ण भएकाले मर्मत सम्भार गर्नु परेकाले बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।

उक्त सडक मिति २०७७ चैत २२ गते बिहानदेखि चैत २६ गते साँझ ५ बजेसम्म बन्द हुने छ । सडकमा बस, ट्रक, टिपर, ट्रली हेभी सवारी साधन पूर्ण रूपमा बन्द हुनेछन्।
