चैत २०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ । गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भए पनि औपचारिक शुभारम्भ भने राष्ट्रपति भण्डारीले आज गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोलेर मेलम्ची खानेपानी आयोजनाको पानी उद्घाटन गर्ने आयोजना कार्यन्वयन निर्देशनालयले जनाएको छ ।