फागुन १८, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुवै ट्रकका चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार ना६ख ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको हो ।

दुर्घटनामा ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएके छ । छ ।