माघ २०,काठमाडौँ । संवैधानिक परिषद्को भोलि बेलुका ५ बजेलाई बोलाइएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए ।
बैठक बालुवाटारमा बस्ने बताइएको थियो । सो बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाइएको छ । केही नियुक्ति र परिषद्को काम–कारबाहीबारे छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतको भनाइ थियो ।