• २०८३ जेष्ठ १ गते शुक्रवार

काठमाडौं उपत्यकामा थपिए १५४ कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १८, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५४ कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ४१९ संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्र १५४ जना रहेका हुन ।

मन्त्रालयका अनुसार काठमाडौंमा १२४, भक्तपुरमा ५ र ललितपुरमा २५ जना संक्रमित थपिएका हुन । योसँगै काठमाडौंमा कूल संक्रमितको संख्या ९७ हजार ४ सय ४८, भक्तपुरमा कोरोना संक्रमितको संख्या ८ हजार ६२६ र ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ३०४ पुगेको छ।

हालसम्म कोरोनाका कारण काठमाडौंमा ४७३ जना, भक्तपुरमा १०६ जना र ललितपुरमा १४६ जनाको मृत्यु भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस