पुष १८, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट हटाएका मान्छेहरुले विभिन्न स्थानमा भेला गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । महत्वपूर्ण कामका लागि र देश बनाउनका लागि पार्टीले कार्यकर्ता परिचालन गर्नुपथ्र्यो, कार्यकर्तालाई काम गर्न दिइएन उहाँले भन्नुभयाे ।

आज काठमाडौँमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरु देशको लागि लडेको तर उनीहरु छोराछोरीका लागि लडेको बताए ।उनले भने, “हामी छोरा छोरी भाइ बहिनीका लागि लडेका छैनौँ । हामी देशको भविष्यका लागि लडेका छौँ । कसको धन्दा कता कसको कता कसैको धन्दा खानतिर । अचम्म लाग्छ,” “दुईटा गुटको एउटा समीकरण पार्टी पार्टी रहेन । त्यो अवस्थामा उहाँहरुले पु¥याउनुभयो । महत्वपूर्ण कामका लागि र देश बनाउनका लागि पार्टीले कार्यकर्ता परिचालन गर्नुपथ्र्यो । कार्यकर्तालाई काम गर्न दिइएन । हाम्रो पार्टीका कार्यकर्ताहरुलाई काम गर्न दिइएन । दुईवटा नटबल्ट फुत्किनासाथ पार्टी गतिसाथ अघि बढ्यो । पार्टी फुट्यो भनेर कराइरहनुभएको छ । निर्वाचन आयोगबाट एउटा पत्र हिजो प्राप्त गरेँ । उहाँहरुले एउटा निवेदन हाल्नुभएको रहेछ । यो बरमझियाको पेडा पसल हो ? पेरिसडाँडामा १५ जना पत्रकार सम्मेलन गर्नुभएको छ । यो असली पेडा पसल भनेर । सूर्य चिह्न हामीलाई दिनुस् भनेर । जसको घर हो उ निवेदन हाल्न जान्छ रु जसको जमिन हो उ निवेदन हाल्न जान्छ रु जसको गाडी हो उ मेरो हो भनेर जानुपर्छ रु हामी निवेदन हालेर जानुपर्ने अवस्था छैन । हामी पार्टीको विधानअनुसार पार्टी सञ्चालन गरिरहेका छौँ । भेट्नो कुहेर झरेका फलले रुखै मै हुँ भनेर दाबी गर्ने रु आउनुस् बैठकमा निमन्त्रणा गरेका छौँ ।”
उनले दाहाललाई अध्यक्षमा कायमै राखेको बताए । “पुष्पकमल दाहाललाई अध्यक्षमा राखेका छौँ । माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेका छौं । अरु साथीहरुलाई पनि राखेका छौँ । पेरिसडाँडामा के के चलेको छ । प्रदेश स्तरीय भेला । अलि अलि मान्छे सीसीमा रत्नपार्कमा औषधि बेच्नेले पनि जम्मा गर्छ । उहाँहरुको भेला त्योभन्दा बढी हुँदैन । टाउको दुखेको, पेट दुखेको, गलेका खसखस सबैको औषधि त्यहीँ पाइन्छ । त्यहाँ पनि त्यति मान्छे जान्छन् ।”
“हाम्रो पार्टीबाट हराएका केही मान्छेहरुले एउटा सभा गरेछन्,” “त्यहाँ त दुईवटा दर्शनढुंगा ठोक्किएजस्तो भएछ । एउटा पक्षले एउटा नारा लगाए अर्कोले अर्कै लगाएछन् । अहिले भर्खरै सुरु हुँदैछ उहाँहरुको हालत । माथिका नेताको ध्यान जम्माजम्मी पदमा छ । पद चाहिएको भए पाउने ठाउँमा यता आउनुपर्थ्यो । सुन्तला खाने भए सुन्तालाघारीमा जानुपर्छ सल्लाघारीमा गएर पाइन्छ रु पद चाहिन्छ ठूलो ठूलो लाग्नुभएको छ खडेरी परेकातिर ।”
ओलीले नेपालको नक्सा छापेवापत उनीहरुलाई छटपटी परेको बताए । “नक्सा छापेवापत कस्तो छटपटी छ । उहाँहरुको एजेन्डा त्यो होइन । सपना फेरि कत्रो देखेको रु कार्की बैंक्वेटमा जानुभएछ । खानपिन गर्नुभयो होला रु केपी ओलीलाई निकालिदियौँ भनेर पत्र पठाएछन् । जसको कटेरो उसको पुच्छर बाहिर । सरकारले जति काम गर्न सक्थ्यो । तर गर्न दिइएन । सरकारले जे काम गरेको थियो । त्यो प्रचारित हुन पाएन । कतिसम्म भनेको तपाईँहरुले सुनिसक्नुभयो । धरहरा बनाएको केपी ओलीले होइन इन्जिनियरले हो रे १ त्यति पनि थाहा छैन,” उनले भने ।