पौष १८, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा कायर्यक्रम भएको हो ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा कार्यकम भएको हो । कार्यक्रममा नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल,नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल), स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यमा केन्द्रीय सदस्य तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले जननेता मदन भण्डारीलाई सम्झदै आँसु झार्नु भएको छ । कार्यक्रममा श्रेष्ठले पुष्पकमल दाहाल (प्रचण्ड)आफैंमा दुई नाम भएकाले पुष्पकमल दाहाल हुदाँ लुम्बिनीमा परेवा उडाउन जाने उहाँ प्रचण्ड हुदा उदण्ड हुने बताउनु भयो । उहाँले नेकपाको दुई तिहाईको सरकारले मुलुकमा शुसासन दिन नेकपा एक भएकोमा सत्ताका लोभिहरुले शुसासन र स्थायी शान्ती नचाहनेले एकता टुक्काएको बताउनु भयो ।